Friday, February 20

आयोगमा गगन–विश्वप्रकाशसहित तीन जनालाई कारबाही गरिएको पत्र दर्ता

नेपालअखबार, काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले तीन नेतामाथि कारबाही गरेको जानकारी सहितको पत्र निर्वाचन आयोग पुगेको छ ।

बुधबार अपराह्न देउवा पक्षका नेताहरू आयोग पुगेर पत्र दर्ता गराएका हुन् । आयोग स्रोतका अनुसार महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरिएको जानकारी दर्ता भइसकेको छ।

Advertisement

आजै बसेको देउवा पक्षको केन्द्रीय समिति बैठकले तीन नेतालाई ५ वर्षे कारबाहीको घोषणा गरेको थियो । कारबाहीमा परेका नेताहरूले भने बहुमत महाधिवेशन प्रतिनिधि आफूहरूको पक्षमा रहेकाले त्यस्तो कारबाहीको औचित्य नभएको प्रतिक्रिया दिएको छ । विशेष महाधिवेशन पक्षधरले आजै नयाँ नेतृत्व चयन गर्दैछ ।