Friday, April 24

निर्वाचन आयोगको निर्णय मान्न सकिँदैन : प्रकाशशरण महत

नेपालअखबार,काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको नेता डा. प्रकाशशरण महतले पार्टीको आधिकारिकता गगन थापा नेतृत्वलाई दिने निर्वाचन आयोगको निर्णय मान्न नसकिने बताएका छन् ।

आयोगको निर्णय सार्वजनिक भएलगत्तै संक्षिप्त कुराकानी गर्दै महतले पार्टीको विधानलाई आयोगले नजरअन्दाज गरेको भन्दै आपत्ति जनाए ।

Advertisement

‘आयोगको निर्णय आएको बुझियो । यो निर्णयमा दलसम्बन्धी नियम, पार्टीको विधानलाई नजरअन्दाज गरिएको छ । यो निर्णय मान्न सकिँदैन,’ उनले भने ।

अब के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘अब हामी हामी छिटै बैठक बसेर कसरी जाने भन्ने निष्कर्ष निकाल्छौँ ।