Thursday, July 30

संसदमा जाने रहर छ, चुनाव लड्छु- सञ्चारमन्त्री खरेल

नेपालअखबार,काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा आफू पनि उम्मेदवार बन्ने बताएका छन्।

Advertisement

शनिबार ललितपुरको महालक्ष्मीस्थानमा आयोजित नेपाल पत्रकार महासंघको एशोशियट प्रदेश समितिको दोस्रो सम्मेलनमा बोल्दै मन्त्री खरेलले आगामी निर्वाचनमा आफू पनि उम्मेदवार बन्ने बताएका हुन्।

Advertisement
Advertisement

‘अबको चुनाव कहीँ न कहीँ प्रतिनिधित्व गरी लड्छु। संसदमा जाने मेरो चाहना छ। इच्छा छ,’ उनले भने।

Advertisement

कानुन बनाउने ठाउँमै गएर पत्रकाहरूको हकहितमा काम गर्ने उनको भनाइ थियो।

मन्त्री खरेलले कहाँ र कुन पार्टीबाट चुनाव लड्ने भन्ने चाहिँ खुलाएनन्।

फागुन २१ को निर्वाचनका लागि माघ ६ गते मनोनयन दर्ताको कार्यक्रम छ।