Thursday, July 30

निर्वाचन आयोगविरूद्ध अदालत जान पूर्वकार्यवाहक सभापति खड्कालाई अख्तियारी

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसको विघटित केन्द्रीय समितिको बैठकले पार्टीको आधिकारिकताको विषयमा निर्वाचन आयोगले गरेको निर्णय विरूद्ध अदालत जाने निर्णय गरेको छ।

Advertisement

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले आयोगविरूद्ध आइतबार नै सर्वोच्च अदालत जाने निर्णय गरेको थियो।

Advertisement
Advertisement

मुद्दा मामिला तथा कानुनी कारबाहीका लागि पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई अख्तियारी दिने निर्णय भएको पनि कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

Advertisement

बैठकले कानुनीसँगै राजनीतिक प्रतिवाद गर्ने पनि निर्णय लिएको छ।

शुक्रबार निर्वाचन आयोगले विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिएको थियो।

नियमित महाधिवेशन टरेपछि पुस २७ देखि काठमाडौंमा विशेष महाधिवेशन भएको थियो।  त्यसले गगन थापाको नेतृत्वमा १३४ सदस्यीय कार्यसमिति चयन गरेको छ।