
नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसको हालको अवस्थालाई लिएर नेकपा एमालेका नेताहरूले चासो व्यक्त गरेका छन् ।
विशेष महाधिवेशनबाट गगन थापा पक्षले नयाँ नेतृत्व चयन गरेसँगै काँग्रेस विभाजित भएको छ । निर्वाचन आयोगले थापा पक्षलाई आधिकारिकता दिएसँगै यसले आगामी निर्वाचनमा ठूलो प्रभाव पार्ने विश्लेषण गरिएको छ ।
कांग्रेसको हालको स्थितिबारे एमाले उपमहासचिव योगेशकुमार भट्टराईले विभाजनसम्बन्धी विवादलाई कानूनी र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्न सकिने बताए ।
उनले अदालत जान सबै खुला रहेको र अदालतमा आफूलाई ठिक नलागेपछि उजुरी लिएर जान सकिने बताए ।‘अदालत जान त जसलाई पनि खुला छ नि । अदालत त्यसकै लागि त गठन गरिएको हो । कोही आए भने, उजुरी लिएर कानुनसम्मत छ की छैन, संविधानसम्मत छ की छैन भनेर जाने न हो,’ उनले भने ।

