Wednesday, July 29

दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न निर्वाचन आयोगले गर्‍यो साइबर ब्युरोलाई पत्राचार

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसको विवाद मिलाउन ५२ करोडको लेनदेन गरेको आरोप लगाएपछि निर्वाचन आयोगले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई कारबाही गर्न साइबर ब्युरोलाई पत्राचार गरेको छ।

Advertisement

आइतबार निर्वाचन आयोगले निर्णय नै गरी प्रसाईंमाथि अनुसन्धान गरी कारबाहीको प्रक्रिया अघि बढाउन ब्युरोलाई पत्राचार गरेको सूचना अधिकारी सुमन अधिकारीले जानकारी दिए।

Advertisement
Advertisement

‘आयोगले निर्णय गरी अनुसन्धान गर्ने भनेर पत्राचार गरेका छौं। सामाजिक सञ्जालमा प्रसाईंको भिडिओ आएको छ। यसको अनुसन्धान गरिदिन भनेका हौं,’ उनले भने।

Advertisement

गत शुक्रबार नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट चुनिएको गगन थापा नेतृत्वको कार्यसमितिलाई आयोगले अध्यावधिक गर्ने निर्णय गरेको थियो। उक्त निर्णय पैसा लिएर गरेको भन्दै एक सामाजिक कार्यक्रममा उनले भिडिओ देखाएका थिए।