Thursday, July 9

रेखा शर्मा यसपाली चुनाव नलड्ने

नेपालअखबार,काठमाडौं । तीनवर्षअघि भएको संसदीय निर्वाचनमा एमालेका महासचिव शंकर पोखरेललाई पराजित गरेकी नेपाली कम्युनिष्ट पार्टीकी नेता रेखा शर्मा यसपालि चुनाव नै नलड्ने भएकी छन्।

Advertisement

तत्कालिन नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखाले १९६ मतान्तर सहित पोखरेललाई पराजित गरेकी थिइन्। २६ हजार ८ सय ७७ मत ल्याएकी थिइन्।। पोखरेलले २६ हजार ६ सय ८१ मत ल्याएका थिए।

Advertisement
Advertisement

यसपाली पनि दाङ-२ बाट एमाले महासचिव पोखरेल नै उम्मेदवार छन्। माओवादी सहितका पार्टी मिलेर बनेको नेपाली कम्युिनस्ट पार्टीलेले भने यहाँ निर्मल आचार्यलाई उठाउने पक्का जस्तै भएको छ।

Advertisement

दुईचोटी समानुपातिक र एकपटक प्रत्यक्ष जितेर सांसद भएकोले यसपाली आफू चुनाव नलड्ने शर्माले बताइन्।

‘म दुईचोटी समानुपातिक सांसद भएँ। एकपटक प्रत्यक्ष चुनाव जितेँ।  यसपालीको चुनावमा उम्मेदवारी नै दिन्न,’ उनले भनिन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले यहाँ सहमहामन्त्री विपिनकुमार आचार्यलाई उम्मेदवार बनाउने भएको छ।