Friday, July 10

अमेरिकाबाट थप ८० जना नेपाली नागरिक डिपोर्ट

नेपालअखबार,काठमाडाैँ । अमेरिकाले थप ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ।

Advertisement

मंगलबार अपराह्न साढे ५ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ८० जना नेपालीलाई फर्काइएको हो।

Advertisement
Advertisement

त्यसमध्ये एक जना महिला रहेको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख एसएसपी कृष्ण पंगेनीले जानकारी दिए।

Advertisement

उनीहरूलाई फर्काइएसँगै प्रहरीले अनुसन्धान थालेको छ। फर्काइएका अधिकांशले तल्लो बाटो प्रयोग गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

एक जना अध्ययन भिसामा गएका थिए। तर बाँकीले करोडभन्दा बढी रकमसम्म तिरेको भेटिएको छ।

कतिपयले एक करोड ४० लाख रुपैयाँसम्म खर्च भएको दाबी गरेका छन्।

पछिल्लो सात वर्षमा सात सयभन्दा बढी नेपाली नागरिक फर्काइएका छन्। त्यसमध्ये अधिकांश व्यक्तिहरू अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि फर्काइएका हुन्।