Thursday, July 30

जेनजी अभियानी अजय सोडारी माइतीघरमा ४ दिनदेखि आमरण अनसनमा

नेपालअखबार,काठमाडौं । जेनजी अभियानी २६ वर्षीय अजय सोडारी ४ दिनदेखि काठमाडौं माइतीघर मण्डलमा आमरण अनसन बसिरहेका छन्।

Advertisement

६ बुँदे माग राख्दै अजय माघ ५ गतेदेखि माइतीघरमा आमरण अनसन बसेका हुन्।

Advertisement
Advertisement

माग पूरा नभएसम्म आमरण अनसनमा बसिरहने उनले जानकारी दिए।

Advertisement

उनका अनुसार निवार्चन गतिविधि तत्काल रद्द गरी सर्वपक्षीय सरकार गठन गरि देशलाई दिगो निकास दिनुपर्ने, जेनजी बन्दी रिहाइ तथा  हत्यारालाई कारबाही, भ्रष्टाचारीलाई छानबिन र कारबाही गर्नुपर्ने माग छ।

त्यस्तै, प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, संविधान संशोधन, पुनर्लेखनको माध्यमबाट राज्यको पुनर्संरचना र विदेशबाट मताधिकार गर्न पाउनुपर्ने उनको माग छ।

उनी जेनजी मिराज ढुंगाना समूहका हुन्।