Thursday, July 30

एमालेले पठायो ओलीको हस्ताक्षरसहित ६ लाख ६७ हजार बढीलाई चिठी

नेपालअखबार,काठमाडौं । नेकपा एमालेले ६ लाख ६७ हजारभन्दा बढी जनालाई एकै कुरा लेखेको चिठी पठाएको छ।

Advertisement

एमालेले पार्टीका संगठित सदस्यहरू ६ लाख ६७ हजार जनाभन्दा बढीलाई चिठी पठाएको हो।

Advertisement
Advertisement

पहिले संगठित सदस्य रहेका र अहिले नवीकरण नगरेका सदस्यहरूलाई पनि चिठी पुगेको छ। आफूलाई चिठी आएको भन्दै केहीले सामाजिक सञ्जालमा पनि पोस्ट गर्न थालेका छन्।

Advertisement

एमालेले अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहित एकै कुरा लेखेको चिठी सदस्यहरूलाई पठाएको हो।

अध्यक्ष ओलीले निर्वाचनलक्षित चिठी सदस्यहरूलाई पठाएका हुन्।

फागुन २१ को ‘निर्वाचनले देशलाई विनाशतर्फ धकेल्ने कि निर्माणको मार्गमा अघि बढाउने भन्ने हारजितको फैसला गर्ने’ कुरा उल्लेख गर्दै अध्यक्ष ओलीको हस्ताक्षरसहित चिठी सदस्यहरूलाई पठाइएको एमालेले जनाएको छ।

ओलीले देश निर्माणका लागि एमालेलाई बहुमतको आवश्यक रहेको पनि उल्लेख गरेका छन्।

यसअघि ओलीको हस्ताक्षरसहित यस्तै कुरा लेखेको चिठी केन्द्रीय सदस्यहरूलाई पनि पठाइएको एमालेको भनाइ छ।