Thursday, July 30

सामाजिक सञ्जालमा भ्रम छर्नेलाई पक्रन आदेश कुर्नुपर्दैन : गृहमन्त्री

नेपालअखबार,काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सामाजिक सञ्जालमा भ्रम छर्नेलाई कानुनी दायरामा ल्याउन आदेश कुर्नु नपर्ने बताएका छन् ।

Advertisement

आइतबार नेपाल प्रहरीको साइबर ब्युरो र काठमाडौँको हनुमानढोकामा अवस्थित काठमाडौँ प्रहरीको भवन अवलोकन गर्दै उनले भने, ‘सामाजिक सञ्जालमा भ्रामक पोस्ट गर्नेहरूलाई कानुनी दायरामा ल्याउनुस्, त्यसमा कसैको आदेश कुर्नुपदैन ।’

Advertisement
Advertisement

गृहमन्त्री अर्यालले नेपाल पुलिस क्लबमा गएर त्यहाँ राखिएका पुरातात्त्विक महत्वका मूर्तिहरूको अवलोकनसमेत गरेका छन् ।

Advertisement

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन मर्यादित रूपमा सम्पन्न गर्न साइबर ब्युरोले सामाजिक सञ्जालबाट हुन सक्ने अमर्यादित र कानुनले वर्जित गरेका तथ्यहीन र भ्रामक समाचार वा जानकारीहरूलाई सूक्ष्म ढङ्गले अनुगमन गर्नुपर्ने मन्त्री अर्यालले बताए ।

अवैधानिक र दर्ता बिनै सञ्चालनमा रहेका सामाजिक सञ्जालहरूको नियमनका लागि खेल्नु पर्ने भूमिका महत्त्वपूर्ण हुने अर्यालले बताए ।

निर्वाचनको समय ब्यूरो अझै बढी सक्रिय भई स्वचालित रूपमा कार्यालय आफै सक्रिय भएर सामाजिक सञ्जालमा राखिने र छरिने भ्रमहरूलाई माथिको आदेश कुर्नु नपर्ने र अवैधानिक पोस्ट तथा मिथ्या जानकारीहरूलाई तुरुन्त कारबाहीको दायरामा ल्याउन उनले निर्देशन दिए ।