
नेपालअखबार,काठमाडौं । चुरे भावर पार्टी नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको छ । मंगलबार नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा चुरे भावर पार्टी नेकपामा समाहित भएको हो ।
नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चुरे भावर पार्टीका अध्यक्ष बद्री न्यौपानेबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

