Friday, July 31

हिउँ पर्छ भन्दै दुई चरणमा निर्वाचन नगरियोस्- ओली

नेपालअखबार,काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं बाहिर मतदाता नामावली भएका कार्यकर्तालाई निर्वाचन प्रचार-प्रसारका लागि आफ्नो आफ्नो निर्वाचन क्षेत्र फर्कन निर्देशन दिएका छन्।

Advertisement

पार्टीको झापा काठमाडौं सम्पर्क मञ्चले आयोजना बुधबार गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले समय निकालेर आफ्ना निर्वाचन क्षेत्रमा जान भनेका हुन्।

Advertisement
Advertisement

‘तपाईंहरू विभिन्न पेशा–व्यवशाय गर्न काठमाडौं आउनुभएको छ। अहिले निर्वाचनको माहोल छ,’ ओलीले भने, ‘समय निकालेर निर्वाचन क्षेत्र जानुहोस। पार्टीको पक्षमा माहोल बनाउनुहोस। आफन्त भेट्नुहोस। साथीभाइसँग बस्नुहोस्। पार्टी र नेतृत्व विरुद्धका भ्रमहरू चिर्नुहोस।’

Advertisement

अध्यक्ष ओलीले जहाजमा यात्रीको रुपमा व्यक्तिले जहाज चलाउँछु भन्ने कुरा असान्दर्भिक मात्र होइन जोखिमपूर्ण पनि हुने बताएका थिए।

आफूलाई प्रधानमन्त्रीको उम्मेदवार भन्दै प्रचार गरेकोप्रति व्यंग्य गर्दै अध्यक्ष ओलीले अनुभव नभएका र देश चलाउने सोचै नभएका व्यक्तिहरूबाट देशको नेतृत्व सम्भव नभएको बताएका थिए।

‘जहाजमा यात्रुको रुपमा रहेको व्यक्तिले म त जहाजै उडाउन सक्छु भनेर पाइलट सिटमा बस्यो भने के हुन्छ?,’ अध्यक्ष ओलीले टिप्प्णी गर्दै भने, ‘त्यस्तो जहाजमा कोही चढ्लान् त? झुक्किएर कोही चढिहाले भने उसको अवस्था के होला? त्यसकारण अहिले सबैले सोचबिचार गरेर निर्णय गर्नुपर्ने समय आएको छ।’

अध्यक्ष ओलीले निर्वाचन दुई चरणमा गर्ने कुरा कुनै हालतमा पनि स्विकार नगर्ने बताएका छन्। ‘प्रधानमन्त्रीले हिमालमा हिउँ पर्‍यो भने निर्वाचन दुई चरणमा हुन्छ भनेको सुनेँ। यो कुनै हालतमा पनि स्विकार्य हुदैन,’ उनले भने, ‘पोहोर हिउँभन्दा अघि जन्मेको बच्चालाई हिउँदमा हिउँ पर्छ भन्ने कुरा थाहा हुन्छ। अनि निर्वाचनको मिति तोक्ने बेलामा थाहा थिएन हिउँदमा चिसोले निर्वाचन हुदैन भन्ने कुरा?’

अध्यक्ष ओलीले निर्वाचन शतप्रतिशत निष्पक्ष र धाँधलीरहित हुनुपर्ने बताए। ‘निर्वाचनको तयारी निष्पक्ष, मतदानबिना डर त्रास र प्रलोभनमा हुनुपर्दछ,’ अध्यक्ष ओलीले भने, ‘मतपेटिका एक सेकेण्ड पनि पार्टीका प्रतिनिधिले नदेख्ने हुनुहँदैन। त्यसमा सबै चनाखो हुनुहोस।’

अध्यक्ष ओलीले एमालेले निर्वाचन शानदार ढंगले जित्ने बताउँदै कार्यकर्तालाई उच्च मनोबलका साथ प्रचारमा लाग्न पनि निर्देशन दिएका थिए। ‘विभिन्न फिरंगीहरू आउन सक्छन्। त्यस्तालाई चिन्नुहोस,’ ओलीले भने, ‘हामीले गरेका विकास निर्माण, सुशासनका काम, जनचेतनाको प्रबद्र्धनबारे जनतालाई भन्नुहोस। मतदाताको मन जित्ने गरी काम गर्नुहोस।’
कार्यक्रममा पार्टीका सचिव एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, पूर्वमन्त्री अग्नी खरेल लगायतले पनि कार्यकर्तालाई निर्वाचन क्षेत्र केन्द्रित हुन आग्रह गरेका थिए।