
नेपालअखबार,काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन केन्द्रीत छलफल गर्दै पृतनापति समन्वयतात्मक बैठक सम्पन्न भएको छ ।
सैनिक मुख्यालय जंगी अड्डामा सुरु भएको बैठक आज बुधबार सम्पन्न भएको हो । बैठकमा प्रधानसेनापति अशोकराज सिग्देलले पृतनास्तरमा भएका प्रभावकारी कार्यहरूका लागि पृतनापतिहरूलाई धन्यवाद दिए ।
एकीकृत सुरक्षा योजना २०८२ अनुसार अन्य सुरक्षा निकायसँग समन्वय गरी निर्वाचन लक्षित सुरक्षामा खटिन पनि प्रधानसेनापतिले निर्देशन दिएका थिए । चुनावलाई सुरक्षित तवरले सम्पन्न गर्न उनको निर्देशन थियो ।
बैठकमा वर्तमान परिस्थितीको विश्लेषण, तालिमहरूको समीक्षा, बन्दोबस्तीका पक्षहरूमा पनि छलफल भएको थियो ।

