Friday, February 20

कक्षा १२ को परीक्षा बैशाख १४ देखि, यस्तो छ तालिका

नेपालअखबार, काठमाडौँ ।  कक्षा १२ को फाइनल परीक्षा बैशाख १४ गतेदेखि हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले मंगलबार परीक्षा तालिका सार्वजनिक गरेको छ ।

Advertisement

बोर्डले एसईईको परीक्षा तालिका यसअघि नै सार्वजनिक गरिसकेको थियो । तालिका अनुसार एसईईको परीक्षा चैत्र १९ गतेदेखि सञ्चालन हुनेछ ।

फागुन २१ गतेको निर्वाचनका कारण चैत पहिलो साता हुने एसईई दुई साता पछि सरेको हो ।