Friday, February 20

आत्महत्या दुरूत्साहनको आरोपमा एक युवक पक्राउ

नेपालअखबार, झापा। आत्महत्या दुरूत्साहनको आरोपमा सातदोबाटो प्रहरी वृत्तले एक युवकलाई पक्राउ गरेको छ।

झापा मेचीनगर १० धाइजन निवासी २६ वर्षीय रविन प्रधानलाई प्रहरीले पक्राउ गरेको हो।

Advertisement

प्रधान र कचनकवल गाउँपालिका–३ की २१ वर्षीया एक युवतीबीच अध्ययनकै क्रममा प्रेम सम्बन्ध भएको थियो। सम्बन्धमा धोका पाएपछि ती युवतीले आत्महत्या गरेको प्रहरीले बताएको छ।

ललितपुर सातदोबाटोबाट पक्राउ गरी प्रधानलाई झापा पठाइएको डिएसपी पूर्णिमा चन्दले जानकारी दिइन।

झापामा सहित ललितपुरमा पनि उनीविरूद्ध उजुरी परेको थियो। एक युवतीलाई उनले १ वर्षअघि माया गरी धोका दिएका थिए। ती युवती पनि बेपत्ता भई अहिलेसम्म सम्पर्कमा नआएको पीडित परिवारले बताएको छ।

प्रहरीका अनुसार उनले युवतीलाई विवाह गर्छु भनेर मायाजालमा पार्ने, अश्लिल भिडिओ बनाउने र ब्याकमेलिङ गर्ने गरेका थिए।