Thursday, July 16

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमितको मृत्यु

नेपाल अखबार,  काठमाडाैं। नेपालमा कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।
कोरोना संक्रमणपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सप्तरी राजविराज नगरपालिका–१ घर भएका ७२ वर्षीय वृद्धको मृत्यु भएको हो।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई असार ३० अस्पतालमा भर्ना गरिएको थियो।
मधुमेह, उच्च रक्तचाप र मुटु रोगबाट पीडित ती वृद्धाको बुधबार अस्पतालमै स्वाब संकलन गरिएको थियो। बिहीबार बिहान आएको रिर्पामा उनमा कोरोना पोजिटिभ देखिएको थियो।
उनको बिहीबार राति उपचारकै क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।
योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४० पुगेको छ।

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *