Wednesday, March 4

एकता, समर्पण र सक्रियताले अवश्य पनि किरण कुमार साहको विजय सुनिश्चित गर्छ :नेकपा केन्द्रीय सदस्य गुलाम सरवर

नेपालअखबार,रौतहट । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य गुलाम सरवरले बौधीमाइ नगरपालिकामा पार्टीका उम्मेदवार किरण कुमार साहलाई विजयी गराउन नेता, कार्यकर्ता तथा जनप्रतिनिधिहरू एकजुट भएको बताए ।
उनले बौधीमाइ नगरपालिकाका सम्पूर्ण नेता, कार्यकर्ता तथा जनप्रतिनिधिहरूले देखाएको प्रतिबद्धता, अनुशासन र संगठनप्रतिको निष्ठा प्रशंसनीय रहेको बताए। उम्मेदवार किरण कुमार साहलाई निर्वाचित गराउन सबै पक्ष एकताबद्ध भई सक्रिय रूपमा लाग्नु पार्टीका लागि सकारात्मक संकेत भएको उनको भनाइ छ।
केन्द्रीय सदस्य सरवरका अनुसार बौधीमाइका नेता तथा जनप्रतिनिधिहरूले लिएको असल, दूरदर्शी र जिम्मेवार निर्णयले परिवर्तन, विकास र जनताको अधिकारको पक्षमा बलियो सन्देश दिएको छ। “एकता नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो,” उनले भने, “यही एकता, समर्पण र सक्रियताले अवश्य पनि विजय सुनिश्चित गर्छ।”
उनले आगामी निर्वाचनमा व्यापक जनसमर्थनसहित पार्टी उम्मेदवारलाई विजयी गराउन सबैलाई थप सक्रिय र संगठित हुन आग्रह समेत गरेका छन् ।

Advertisement