Thursday, July 23

हरेक बुथमा ३० जना रहने गरी भोलेन्टियर फोर्स निर्माण गर्न ओलीको निर्देशन

नेपालअखबार, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ गते हुने चुनावका लागि हरेक बुथमा कम्तिमा ३० जना सदस्य रहने गरी भोलेन्टियर फोर्स गठन गर्न निर्देशन दिएका छन्।

Advertisement

सोमबार दमकमा पार्टीनिकट भोलेन्टियर फोर्सको कोशी कमाण्ड घोषणा गर्दै अध्यक्ष ओलीले चुनावमा प्रत्येक बुथमा कम्तिमा ३० जना भोलेन्टियर फोर्स गठन गर्न पार्टीका सबै कमिटीहरूलाई निर्देशन दिएका हुन्।

Advertisement
Advertisement

‘अहिले चुनावको बेला अब दसौं दिनमा छ। यतिबेला म देशभरिको हाम्रो पार्टीलाई भन्न चाहन्छु। गाउँ गाउँमा टोल टोलमा सुरक्षा समिति बनाउनुस्। चुनावका लागि पार्टी कमिटीलाई निर्देशन- हरेक बुथमा कमसेकम ३० जना भोलेन्टियर एउटा बुथमा निर्माण गर्नुस्,’ उनले भने।

Advertisement

अध्यक्ष ओलीले भोलेन्टियर फोर्सले शान्ति सुरक्षामा खासगरी प्रहरीलाई सहयोग गर्ने बताए।

‘प्रहरीमाथि हमला हुन दिँदैन, प्रहरीलाई सहयोग गर्छ, प्रहरीमाथि हमला हुन दिँदैन, कार्यालय जलाउन दिँदैन, बर्दी खोस्न दिँदैन, आक्रमण गर्न दिँदैन,’ उनले भने, ‘प्रहरी अब एक्लै छैन। उसको साथमा नेसनल भोलेन्टियर फोर्स छ।’

उनले एमालेले शान्तिपूर्ण चुनाव चाहेको पनि बताए।

‘कुनै प्रकारको व्यवधान हुनुहुँदैन। कसैले बुथ कब्जा गर्छु भन्छन् भने त्यो कल्पना नगरे हुन्छ। कसैले सक्नेवाला छैन,’ उनले भने।  अध्यक्ष ‍ओलीले भोलेन्टियर फोर्स पनि चेन अफ कमान्डमा चल्ने बताए।

‘यो शान्ति सु-व्यवस्था कायम राख्न भरपर्दो जनशक्तिका रूपमा काम गर्नेछ। चेन अफ कमान्ड अन्तर्गत चल्दछ। अत्यन्त अनुशासनमा काम गर्दछ। यसको बोलीचाली नरम हुन्छ। मिठो हुन्छ। तर्कहरू सत्य न्याय र शान्तिको पक्षमा हुनेछ। तर ती चिजहरूलाई हनन गर्न खोजियो भने यस फोर्सले त्यो कुरा गर्न पाइँदैन भन्ने कुरा जुन सुकै मूल्य तिरेर भए पनि बताउनेछ,’ ओलीले भने।

‘वरिपरि हेर्‍यो भने पनि एमालेले गरेको विकास देखिन्छ’

 

एमालेले एक ठाउँमा गएर अर्को ठाउँमा गरेको विकास सुनाउन नपर्ने पनि ओलीले बताएका छन्।

‘जहाँ उभियौं त्यहाँबाट वरिपरि हेरियो भने एमालेले गरेको विकास देखिन्छ। विकास हाँक्ने र विकास गर्ने पार्टी एमाले हो भनेर सबैलाई थाहा छ,’ उनले भने।

तर मानिसहरू विकास भएको देख्दा देख्दै पनि अहिलेसम्म के गर्‍यौ भनेर प्रश्न गरेको उनको गुनासो छ।

‘कालोपत्रेमा उभिएर अहिलेसम्म के काम गर्‍यौ भन्छन्। घरछेउको फुसको स्कुल दरबारजस्तो बनेको छ। तैपनी के भयो भन्छन्। घरमा झलमल्ल बिजुली बलेको छ, के भयो भन्छन्। ट्वाइलेटमा नुहाउने, हात धुने पानी आउने छुट्टै धारा छ, फेरि के भयो भन्छन्,’ उनले भने।

उनले एमाले सरकारमा आए पछि विकासका काम तीव्र गतिमा अगाडि बढ्दा विरोधीहरू थर्कमान हुने बताए।

‘त्यो काम रोक्नका लागि मलाई सरकारबाट हटाइन्छ। काम बन्द भएपछि फेरि म आउनुपर्छ। म सरकारको नेतृत्वमा फर्किएपछि फेरि काम अगाडि बढ्छ,’ उनले भने।

बच्चा बच्चीलाई सोध्यो भने उसले प्रधानमन्त्री पनि भन्न सक्छ। राष्ट्रपति पनि भन्न सक्छ। तर त्यो बच्चो भइहाल्ने त होइन नी। उसले आफूलाई घोषणा गरिदिन्छ।

यस्तै मान्छेहरूलाई लाग्यो। ख्यालख्याल जस्तो लाग्यो मान्छेहरूलाई। भन्लान तर हामी सुखी नेपाली समृद्ध नेपालको गन्तव्य र उद्धेश्यका साथ काम गर्न आएका छौं।

रंगशाला बनाउँछु भनेँ जमिन पनि लिएँ। केही पोलिटिकल पार्टीहरूले अनावश्यक विवाद निकाले अब म भन्न चाहन्छु । कसैले कुनै विवाद निकाले पनि लखनपुरको मैदानमा रंगशाला निर्माण गरिनेछ।

रंगशालाको नामको विवाद ठूलो होइन। काम गर्न नदिने उद्धेशेयका साथ विवाद चलाइयो। आदिवासी जनजाति रंगशालाका नाममा बनाउन नसकिने भन्ने होइन। तर बनाउनै दिन्न भनेर झमेला खडा गरेपछि काम रोकिएको हो।

बालेनलाई कटाक्ष

अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन शाहलाई लक्ष्य गर्दै ख्याल ख्यालमा आफूलाई प्रधानमन्त्री घोषणा गरेको भन्दै कटाक्ष गरेका छन्।

‘बच्चा बच्चीलाई सोध्यो भने उसले प्रधानमन्त्री पनि भन्न सक्छ। राष्ट्रपति पनि भन्न सक्छ। तर त्यो बच्चो भइहाल्ने त होइन नी। उसले आफूलाई घोषणा गरिदिन्छ। यस्तै मान्छेहरूलाई लाग्यो। ख्यालख्याल जस्तो लाग्यो मान्छेहरूलाई,’ उनले भने।

उनले एमाले ख्याल ख्यालमा नभई सुखी नेपाली र समृद्ध नेपालको गन्तव्य तोकेरै जनतामा आएको बताए।

उनले एमाले विकासको हिमायती रहेको बताए।

एमाले सरकारबाट बाहिरिनेबित्तिकै विकास निर्माणका काम ठप्प हुने बताए। ‘मलाई सरकारबाट हटाएपछि ड्राइभरबिनाको गाडी जस्तो हुन्छ देश। म सरकारमा आउनेबित्तिकै फेरि कुद्छ। मैले सरकार छाडेपछि फेरि देश जहाँको त्यही बस्छ। यही हुने गरेको छ,’ उनले भने।