Sunday, March 29

ललितपुरमा कामबाट फर्कँदै गरेका व्यक्ति परे चितुवाको आक्रमणमा

नेपालअखबार, ललितपुर । ललितपुरमा चितुवाको आक्रमणबाट एक व्यक्ति घाइते भएका छन्।

बिहीबार बेलुकी साढे ८ बजे ललितपुरको गोदावरी नगरपालिका-५ सुनारटोलमा ६१ वर्षीय रण बहादुर गर्तौलालाई चितुवाले आक्रमण गरेको थियो।

Advertisement

सोलुखुम्बु घर भई सुनारटोल बस्दै आएका उनी बेलुकी कामबाट घर फर्कँदै थिए।

गोरेटो  बाटोमा हिँडिरहेका उनीमाथि अकास्मात चितुवाले आक्रमण गरेको थियो। उनलाई स्थानीयले उद्धार गरेका थिए।

घाइतेलाई बचाउने क्रममा स्थानीयले चितुवालाई मारेका छन्।

घाइते गर्तौलाको लगनखेलस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। चितुवा मारिएकोबारे जिल्ला वन कार्यालयसँग समन्वय भइरहेको पनि ललितपुर प्रहरीले जनाएको छ।