Thursday, July 9

नयाँ क्षेप्यास्त्र आक्रमण विफल बनायौं : कतार

नेपालअखबार, काठमाडौं । कतारको रक्षा मन्त्रालयले खाडी राष्ट्रतर्फ लक्षित नयाँ क्षेप्यास्त्र आक्रमणलाई देशको सेनाले आकाशमै रोकेर नष्ट गरेको बताएको छ।

Advertisement

कतारी अधिकारीहरूले आजै यसअघि ‘उच्च’ सुरक्षा चुनौतीको अलर्ट जारी गर्दै घरभित्रै बस्न आग्रह गरेका थिए । त्यसको केही समयपछि रक्षा मन्त्रालयले पछिल्लो आक्रमण विफल बनाएको जनाएको हो ।

Advertisement
Advertisement

यसैबीच, रुसले अमेरिका र इजरायललाई इरानमाथिको आक्रमण रोक्न र वार्तामा फर्कन आह्वान गरेको छ।

Advertisement

रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले मस्कोले तनाव कम गर्न र द्वन्द्वलाई कूटनीतिक ट्र्याकमा फर्काउन सक्ने कदमहरूका लागि जोड दिइरहेको बताइन्।

उनले यस क्षेत्रभरिको मानवीय अवस्था अत्यन्तै कठिन बनेको चेतावनी दिँदै निरन्तर बढिरहेको तनाव गहिरो चिन्ताको विषय भएको बताइन्।

आफैं युक्रेनसँगको युद्धमा संलग्न रहेको र यो युद्ध अहिले पाँचौं वर्षमा चलिरहेको बेला रुसको यस्तो अपिल आएको हो।

यसैबीच, अस्ट्रेलियाले अत्यावश्यक बाहेकका कूटनीतिज्ञहरूलाई इजरायल र युएई छाड्न निर्देशन दिएको त्यहाँकी विदेशमन्त्री पेनी वोङले बताएकी छन्।

सहयोग आवश्यक पर्ने अस्ट्रेलियाली नागरिकहरूलाई सघाउनका लागि अत्यावश्यक अधिकारीहरू भने इजरायल र युएईमै रहने विदेशमन्त्री वोङले एक्समार्फत जानकारी दिएकी छन्।

(एजेन्सीहरूको सहयोगमा)