Monday, May 11

पोखराको वडा-१३ ले विदेशमा अलपत्र युवालाई स्वदेश ल्याउन सहयोग गर्ने

नेपाल अखबार, पोखरा । पोखरा महानगरपालिका–१३ ले आर्थिक अभावका कारण विदेशमा अलपत्र परेका युवालाई स्वदेश ल्याउनका लागि सहयोग गर्ने भएको छ ।
कोभिड– १९, का कारण जारी बन्दाबन्दीले विदेशमा रोजगारी गुमाएर आर्थिक समस्या झेलिरहेका र स्वदेश फर्कन नसकेका साथै घरपरिवारको आर्थिक स्थिति कमजोर भएकालाई वडाले समन्वय गरी स्वदेश फर्काउन पहल थालेको वडाध्यक्ष दर्शन लामाले जानकारी दिए । लामाका अनुसार वडामा करिब तीन हजार ३० घरधुरी छन् ।
करिब दुई हजारको हाराहारीमा वैदेशिक रोजगारमा युवा छन् । लामाले स्वदेश फर्कनेका लागि आर्थिक स्रोत व्यवस्थापन भने महानगरभित्र क्वारेन्टिनमा रहेकालाई ८० रुपैयाँ छाक खाना खुवाएर बचेको रकमलाई परिचालन गर्ने बताए ।
उनले भने, “हामीले क्वारेन्टिनमा बसेका २४७ जनालाई अहिले महानगरले खर्चिदै आएको १३० मा ५० रुँपैया घटाएर ८० रुपैयाँ छाक खाना खुवाएका छौँ, शुरुको १५ दिन हामीले निःशुल्क खुवायौँ, आजसम्म एक लाख ३० हजार बचत भएको छ । यस्तै सङ्कलित रकमलाई अलपत्र युवाको उद्धारमा खर्च गर्नेछौँ ।
” उनले केही दिनअघि मात्र दुबईबाट नेपाल आउन चाहेका एक युवालाई जहाज टिकटको आधा ३० हजार सहयोग गरेर नेपाल ल्याएको बताए । व
डा नं १३ ले बन्दाबन्दीमा रोजगारी गुमाएका र ज्यालामजदूरी गर्ने परिवारलाई पहिलो चरणमा एक हजार ४४७ र दोस्रो चरणमा एक हजार ९७७ जनालाई राहत वितरण गरेको छ भने करिब १० हजारलाई निःशुल्क खाना खुवाएको लामाले बताए ।रासस

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *