
नेपालअखबार, हुम्ला । हुम्लाको चंखेली गाउँपालिका-५ नेप्का गाउँ एकसतादेखि सञ्चारविहीन बनेकाे छ।
नेपाल टेलिकमकाे टावर बिग्रिएपछि एक सातादेखि नेप्का गाउँ सञ्चारविहीन बनेकाे हाे ।
एकसातादेखि टेलिकम टावरले काम गर्न छाेडेपछि जिल्ला बाहिर रहेका आफान्तसँग सम्पर्क विच्छेद भएको चंखेली गाउँपालिका-५ की मंगला तामाङले गुनासो गरिन् ।
वडा नम्बर -५ का ६७ घरधुरीका नागरिकहरू सञ्चारविहीन वडा नम्बर ५ का अध्यक्ष हर्कधन तामाङले जानकारी दिए।
नेटवर्क आउने-जाने समस्या भए पनि एकसातादेखि भने नेटवर्कले काम गर्न छाेडेकाे उनको गुनासो छ ।
नेटवर्कले काम नगरेको बारेमा नेपाल टेलिकम हुम्लाका प्रमुखसँग जानकारी लिन खोज्दा उनीसँग सम्पर्क हुन नसकेको वडाध्यक्ष तामाङले बताए ।
