Friday, July 3

कांग्रेसले बोलायो अनुशासन समिति बैठक

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसको अनुशासन समिति बैठक बोलाएको छ । वैशाख २ गते बस्ने गरी अनुशासन समिति बैठक बोलाइएको हो ।

Advertisement

‘नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक २०८२ वैशाख २ गते बुधबारका दिन बिहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी. नगर ललितपुरमा बस्ने यसै विज्ञप्ति मार्फत जानकारी गराइन्छ,’ सोमबार समितिका सचिव दिनेश थापामगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Advertisement
Advertisement

प्रतिनिधि सभा निर्वाचनमा अन्तर्घात गर्ने तथा विशेष महाधिवेशनबाट आएको समितिलाई निर्वाचन आयोगले आधिकारिकता दिइसकेपछि पनि कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति निकाल्ने पूर्णबहादुर खड्काबारे छलफल गर्न बैठक आह्वान गरिएको नेताहरूले बताएका छन्।

Advertisement

nc