Monday, April 20

अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौं आइपुगे

नेपालअखबार, काठमाडौं । अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौं आइपुगेका छन् ।

उनी आज बिहान सवा ६ बजेतिर  त्रिभुवन विमानस्थलमा अवतरण भएको स्रोतको भनाइ छ ।

Advertisement

भारतीय मूलका कपुर बालेन शाह नेतृत्वको नयाँ सरकारसँग सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित काठमाडौं आइपुगेका हुन् ।

काठमाडौं बसाइको क्रममा कपुरले उच्चस्तरीय भेटघाट गर्ने र सरकारका केही मन्त्रीहरुलाई पनि भेट्ने तयारी छ । गत वर्ष अक्टोबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण एशियाली सुरक्षाका विज्ञ कपुरलाई दक्षिण एशिया मामिला हेर्ने सहायक विदेशमन्त्रीमा नियुक्त गरेका थिए । त्यसअघि डोनाल्ड लुले दक्षिण एशिया मामिला हेर्दथे ।कपुरको काठमाडौं भ्रमण तीन दिनको हुने बताइएको छ । उनी बुधबार फर्किनेछन् । नेपाल आएका कपुर बालेन नेतृत्वको सरकार बनेपछि काठमाडौं आउने सबैभन्दा वरिष्ठ विदेशी कूटनीतिज्ञ हुन् ।