Friday, July 3

डुंगा पल्टिँदा कर्णालीमा बेपत्ता बाबु–छोराको शव फेला

नेपालअखबार,काठमाडौँ । डुंगा पल्टिदा कर्णाली नदीमा बेपत्ता बाबु छोराको शव फेला परेको छ।

Advertisement

अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानमा डुंगा पल्टिदा तुर्माखाँद –३ बल्देका ३५ वर्षीय पहलसिंह बुढा र उनका १३ वर्षीय छोरा नरि बुढा बिहीबार बेलुकादेखि बेपत्ता थिए।

Advertisement
Advertisement

खोजीका क्रममा  छोराको शब शनिबार र बुवाको शब आइतबार फेला  परेको हो।

Advertisement

अछामका प्रहरी प्रमुख  डिएसपी  ओमप्रकाश खनालले छोराको शब घटनास्थलदेखि एक किलोमिटर दक्षिणमा र बाबुको शव पाँच सय मिटर दक्षिण बाट गोताखोरको टोलीले निकालेको थिए।

डिएसपी खनालका अनुसार सानो र जीर्ण डुंगामा  ओभर लोडका कारण सन्तुलन खलबलिन गइ पल्टिन पुगेको थियो।

डुंगामा तीन बाबु छोरा र घाँसको भारी राखिएको थियो। डुंगा पल्टिँदा दुई बाबु छोराको मृत्यु भएको हो। पहलसिंहका ९ वर्षीय छोरा भने भने पौडी खेलेर ज्यान जोगाउन सफल भएका थिए। तीन बाबु छोरा कर्णालीपारी सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका–७ स्थित जंगलबाट घाँस काटेर घर फर्किने क्रममा उनीहरु सवार डुंगा पल्टिएको थियो।