
नेपालअखबार,नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर– ५ भैरमपुरमा आगलागी हुँदा १२ घर जलेका छन् । आगलागीबाट करिब साढे चार करोड रुपैयाँ बराबरको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यायलका सूचना अधिकारी वीरदत्त पन्तका अनुसार आगलागी मंगलबार दिउँसो भएको आगलागीबाट सबै घर खरानी भएका छन् । घरमा रहेका जिन्सी र नगदसहित ४ करोड ४४ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।
यसैबीच, प्रतापपुर गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीले अग्निपीडितलाई राहत सामग्री वितरण गरेका छन् ।
प्रतिनिधिसभा सदस्य विक्रम खनालले पनि पीडितहरुलाई राहत सामग्री उपलब्ध गराउन आफू क्रियाशील रहेको बताएका छन् ।

