
नेपालअखबार, काठमाडौं । काठमाडौं उपत्यकाको मनोहरा नदी किनार क्षेत्रमा अतिक्रमित संरचना भत्काउन पुगेको डोजरमाथि ढुंगामुढा प्रहार भएको छ ।
शनिबार बिहानबाटै नदी किनारका बस्तीमा बनेका संरचना हटाउने क्रममा साँझ मनोहरास्थित नदी किनारमा पुगेको थियो ।
सो क्रममा संरचना भत्काउन पुगेको डोजरमाथि एक समूहमा आएका युवाहरू ढुंगामुढा गरेको प्रहरी स्रोतले बतायो ।
उक्त ढुंगामुढाका क्रममा सशस्त्र प्रहरी र नेपाल प्रहरीका करिब १ दर्जन कर्मचारी घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
संरचना खाली गर्न गएको टोलीलाई स्थानीयले आज नगरी भोलि भत्काउन अनुरोध गरेको थियो ।
उनीहरूको अनुरोध स्वीकारेर फर्कन लागेको टोलीमाथि मादक पदार्थ सेवन गरेर हिंडेको समूह उत्तेजित भएर आक्रमण गरेको एक प्रहरी अधिकारीको दाबी छ ।
प्रहरीले आजका लागि काम रोकेर फर्किएको छ ।

