
नेपालअखबार,काठमाडौं । सुकुमवासी बस्ती हटाउन करिब २ हजार प्रहरी परिचालन गरिएको छ ।
काठमाडौैं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी ईश्वर कार्कीका अनुसार अहिले शान्तिपूर्ण रुपमा बस्ती हटाउन काम भइरहेको छ ।
‘म आफैं फिल्डमा छु । अहिले शान्तिपूर्ण रुपमा सुकुमवासी बस्ती हटाउने काम भइरहेको छ । आवश्यकता अनुसार सुरक्षाकर्मीको व्यवस्था मिलाएका छौं,’ एआईजी कार्कीले भने ।
शनिबार बस्ती हटाउने क्रममा प्रहरीमाथि नै आक्रमण भएपछि आज भने बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रहरीका अनुसार करिब २ हजारको हाराहारीमा प्रहरी परिचालन गरिएको छ । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरीले समेत बस्तीका बासिन्दाको सामानहरू हटाउन सहयोग गरिरहेका छन् ।
१२ वटा डोजरले अहिले मनोहरास्थित सुकुमवासी बस्तीमा काम गरिरहेको छ ।

