Friday, July 10

पदमबहादुर परियार बने कांग्रेस राष्ट्रिय सभा सचेतक

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेस राष्ट्रिय सभा सचेतकमा पदमबहादुर परियार मनोनीत भएका छन्।

Advertisement

संसदीय दल नेता भीष्मराज आङ्देम्बेले आज तनहुँका सांसद परियारलाई राष्ट्रिय सभा सचेतक मनोनीत गरेका हुन्।

Advertisement
Advertisement

‘नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) को धारा १३ (३) बमोजिम राष्ट्रिय सभाका लागि सचेतकमा पदमबहादुर परियारलाई मनोनयन गर्नु भएको छ,’ संसदीय दलले जारी गरेको वक्तव्यमा उल्लेख छ।

Advertisement

यसअघि सचेतक कृष्णबहादुर रोकाया थिए।