Friday, May 1

पत्रकार र स्थानीयलाई टेकुस्थित वंशीघाट प्रवेशमा रोक

नेपालअखबार,काठमाडौँ । काठमाडौँको टेकुस्थित वंशीघाटमा रहेको सुकुम्बासी बस्तीमा आज डोजर चलाइँदै छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना जारी गरेपछि त्यहाँका सुकुम्बासीहरूले आफ्नो सामान सुरक्षित स्थानमा सारिरहेका छन् ।

आज बिहानदेखि यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । पत्रकार र स्थानीयलाई समेत यस क्षेत्रमा प्रवेश गर्न दिइएको छैन ।

Advertisement

बिहान तरकारी किन्न घरबाहिर निस्किएका स्थानीय समेत घर फर्कन पाएका छैनन् ।

2