Thursday, July 9

रुपन्देहीमा सुकुमबासीले गरे आन्दोलन घोषणा

नेपालअखबार, बुटवल । रुपन्देहीका भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीहरूले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

Advertisement

भूमिहीन सुकुमबासी र अव्यवस्थित सङ्घर्ष समिति रुपन्देहीले मङ्गलबार बुटवलमा पत्रकार सम्मेलन गरी चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।

Advertisement
Advertisement

सङ्घर्ष समितिका संयोजक खगेन्द्र पौडेलले बिहीबार बुटवलमा विरोध र्‍याली स्वरूप बृहत् प्रदर्शन गर्न लागिएको जानकारी दिए।

Advertisement

उनका अनुसार बुटवलको राजमार्ग चौराहामा ठुलो सङ्ख्यामा भूमिहीन सुकुमबासी भेला भएर मिलन चोक–अस्पताल राेड हुँदै ट्राफिक चोकमा पुगेर कोण सभा गर्ने कार्यक्रम छ।

त्यसपछि जिल्लाका स्थानीय तह र प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ।

उनले सरकारले आवश्यक तयारी र छलफलबिना भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुलाई उठिबास लगाउने गरी डोजर आतङ्क मच्चाएको बताउँदै  ‘सरकारले विगतमा नाप जाँच भएका जग्गाको तत्काल लालपुर्जा उपलब्ध गराउनु पर्ने माग गरे।

उक्त प्रदर्शनमा रुपन्देहीको बुटवलसँगै, देवदह, तिलोत्तमा, सियारी, शुद्धोदन लगायतका पालिकाका विभिन्न बस्तीबाट भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीहरु सडकमा आउने बताए।

पहिलो चरणको आन्दोलनबाट डोजर चलाउन बन्द नगरे दोस्रो चरणका आन्दोलन घोषणा गरिने उनले बताए।

बुटवलको वडा नम्बर ४ अदालत अगाडिका ९ वटा घरटहरा हटाइएको थियो भने मोतीपुर औद्योगिक क्षेत्रको जग्गामा बनेका घर टहरा हटाउनको लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले पत्राचार गरेको छ।