Tuesday, July 7

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

नेपालअखबार,काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक आह्वान गरेको छ।

Advertisement

पार्टीको केन्द्रीय महाधिवेशन, सरकार सञ्चालन, संसदको चालू बर्खे अधिवेशन लगायतका विषयमा छलफल गर्न रास्वपाले बुधबार केन्द्रीय समिति बैठक बोलाएको हो।

Advertisement
Advertisement

केन्द्रीय समिति बैठक बुधबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने र सबै सदस्यहरूलाई अनिवार्य उपस्थित हुन भनिएको प्रवक्ता मनिष झाले बताए।

Advertisement

रास्वपाले भदौभित्र पहिलो महाधिवेशनको तयारी थालेको छ। महाधिवेशन कार्यविधि पारित गर्दै कार्यतालिकासमेत सार्वजनिक गरिसकेको छ।

केन्द्रीय महाधिवेशनको मिति भने तोकिएको छैन।