Tuesday, May 19

प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठक बस्दै

नेपालअखबार,काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११  बजे बस्दैछ ।

बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) मा छलफल जारी रहने सम्भावित कार्यसूची  छ । सो प्रस्तावमा सोमबारदेखि छलफल सुरुआत भएको थियो ।

Advertisement

गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । छलफल सकिएपछि बुधबारको बैठकमा मन्त्री डा वाग्लेले जवाफ दिनुहुने जनाइएको छ ।

यसैगरी राष्ट्रिय सभाको बैठक पनि आज अपराह्न सवा १ बजे बस्दैछ ।