Saturday, April 18

पोखराका थप ६ जनामा कोरोना पुष्टि, गण्डकीमा २४ संक्रमित थपिए

नेपाल अखबार, पोखरा ।  आइतबार बिहान पोखरा महानगरपालिकाका थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार बिहान पोखरा महानगरका ६ जना र लमजुङका ६ जना गरी थप १२  जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।
महानगरमा कोरोना पुष्टि हुनेमा ४ जिल्लाका २४  देखि ६७  वर्ष उमेर समुहका ६  पुरुषहरु रहेको निर्देशनालयले जानकारी दिएको छ ।
त्यसैगरी लमजुङका ५ पालिकाका २९ देखि ६५ वर्ष उमेर समुहका ६  पुरुषहरुमा समेत कोरोना पोजेटिभ देखिएको  निर्देशनालयले जनाएको छ ।
संक्रमितलाई जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ३  सय २  पुगेको छ ।
आइतबार बिहान गण्डकीमा २४ जना  कोरोना संक्रमित थपिएका हुन् ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *