Thursday, July 23

चितवनका डा. भोजराज अधिकारी नेपाली कम्युनिस्ट पार्टीबाट अलग

नेपालअखबार, चितवन । चितवनका डा. भोजराज अधिकारी नेपाली कम्युनिस्ट पार्टीबाट अलग भएका छन् । २०७९ सालको निर्वाचनमा तत्कालीन माओवादीबाट चितवन क्षेत्र नम्बर ३ मा उम्मेदवारसमेत बनेका अधिकारीले आज राजनीतिक आबद्धताबाट अलग भएको घोषणा गरेका हुन् ।

Advertisement

उनले फेसबुकमा लेखेका छन्, ‘पेशागत क्षेत्रमा मेरो दक्षता र योगदानलाई अझ बढी समाजसेवामा मुखरित हुनेगरी र यसैमा आगामी समय बढी समर्पित गर्ने गरी वर्तमान राजनीतिक  आबद्धताबाट आजकै मितिले निष्क्रिय हुँदै छु ।’

Advertisement
Advertisement

समय अब कुनै वादको आइडिओलोजी भन्दा विकासवादको प्रतिस्पर्धामा रहेको भन्दै उनले आगामी दिन पेशागत कर्मसँगै समाजसेवाका अन्य आयामबाट योगदान गर्ने बताएका छन् ।

Advertisement

आजसम्मको राजनीतिक यात्रामा प्राप्त, ज्ञान, दर्शन र भूमिकाप्रति सम्मान व्यक्त गर्दै उनले लेखेका छन्, ‘इतिहासबाट सिक्नु पर्छ, समकालीन समाजको सबैभन्दा अग्रगामी सोच र प्रशिक्षणबाट हुर्केको हुनाले त्यो कालखण्डप्रति सम्मान छ । तर समय अब कुनै वादको आइडिओलोजी भन्दा विकासवादको प्रतिस्पर्धामा छ । पेशागत कर्मसँगै समाजसेवाका अन्य आयामबाट सचेत नागरिकको रूपमा योगदान दिने नै छु ।’

अन्तमा डाक्टर अधिकारीले लेखेका छन्, ‘राजनीतिक रुपमा म संलग्न सबै पद र सक्रिय दायित्वहरुबाट भने अलग हुने निर्णय गरेको छु ।’