Friday, July 3

काभ्रे बस दुर्घटना- ४ जना मृतकको सनाखत

नेपालअखबार, काठमाडौं । काभ्रेमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु भएको ४ जनाको परिचय खुलेको छ।

Advertisement

शुक्रबार बनेपाबाट भकुन्डेबेसीतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस नमोबुद्ध नगरपालिका-२ मा बुच्चाकोट दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको थियो।

Advertisement
Advertisement

ती मध्येमा ४ जनाको परिचय खुलेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी रविन विष्टले जानकारी दिए।

Advertisement

उनका अनुसार रोशी गाउँपालिका-७ की ३४ वर्षीया फूलमाया तामाङ, रोशीकै वडा-६ को ७५ वर्षीय इन्द्रबहादुर झाँक्री, ८ नम्बर वडाको ६० वर्षीया प्यारीमाया तामाङ र दैलेख घर भएका ३० वर्षीय बमबहादुर भण्डारी रहेका छन्।

बमबहादुर नेपाली सेनाको अमल्दार रहेको अनुसन्धानमा खुलेको डिएसपी विष्टले जानकारी दिए। ‘बाँकीको सोधपुछ कार्य भइरहेको छ,’ उनले भने। घाइते भएको १६ जनाको भने धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।