Thursday, July 23

कोरोनाका कारण विश्वभर एक करोड ४२ लाखभन्दा बढी संक्रमित, मृतकको संख्या ६ लाख नाघ्यो

नेपाल अखबार, एजेन्सि। विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण अहिलेसम्म मृत्यु भएकाहरुको सङ्ख्या छ लाख नाघेको छ।

Advertisement
अधिकारीहरुले दिएको जानकारी अनुसार आइतबारसम्म विश्वभरी कुल मृतकको सङ्ख्या छ लाख ५२३ पुगेको छ।
त्यसैगरी विश्वभरी कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको सङ्ख्या एक करोड ४२ लाख ३३ हजार ३५५ रहेको छ।
मृतकमध्ये दुई लाख पाँच हजार ६५ जना युरोपेली मुलुकका रहेका छन्। युरोपेली देशहरु कोरोना भाइरसबाट धेरै प्रभावित भएका देशहरुमा पर्दछन्।
त्यसैगरी दोस्रो धेरै प्रभावित क्षेत्र ल्याटिन अमेरिका हो। त्यस क्षेत्रमा पनि कोरोनाका कारण अहिलेसम्म एक लाख ६० हजार ७२६ जनाको मृत्यु भएको छ।
देशअनुसार हेर्दा सवैभन्दा धेरै मानवीय क्षति अमेरिकामा भएको छ। पछिल्लो विवरण अनुसार अमेरिकामा मात्रै एक लाख ४० हजार १०३ जनाको मृत्यु भएको छ।
त्यसैगरी दोस्रो धेरै मानवीय क्षति ब्यहोरेको ब्राजिलमा ७८ हजार ७७२ जनाको मृत्यु भएको छ भने तेस्रो धेरै मानिसको मृत्यु भएको बेलायतमा ४५ हजार २७३, मेक्सिकोमा ३८ हजार ८८८ र इटलीमा ३५ हजार ४२ जनाले जीवन गुमाएका छन्।
अमेरिकामा सङ्क्रमितको सङ्ख्या ३७ लाख छ हजार ९२७ पुगेको छ भने ब्राजिलमा पछिल्लो २४ घण्टामा ९२१ जना सङ्क्रमित थपिएका छन्। रासस

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *