Monday, April 27

थप १५६ मा कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजार ६५८ पुग्यो

नेपाल अखबार, काठमाडाैं। नेपालमा पछिल्ले २४ घण्टामा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका परीक्षण केन्द्रमा गरिएको परीक्षणमा थप १५६ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए।
योसँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या १७ हजार ६५८ पुगेको छ।
प्रवक्ता गौतमका अनुसार आज ३ हजार ७४१ जनाको पीसीआर परीक्षण गरिएको थियो।
त्यस्तै नेपालमा पछिल्ले २४ घण्टामा थप ५८ जनामा कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्।
अहिलेसम्म ११ हजार ६९५ जना संक्रमित निको भएको प्रवक्ता गौतमले बताए।
त्यस्तै नेपालमा अहिलेसम्म कोरोनाका कारण ४० जनाको मृत्यु भइसकेको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *