
नेपालअखबार,काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिका–१० को रिठा बजार नजिकै आइतबार बिहान बस दुर्घटना भएको छ ।
पवनदूत यातायातको सुदूरपश्चिम प्रदेश–०२–००१ ख १३५५ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा परेर २१ जना घाइते भएका छन् ।
ब्रेक फेल भएर बस दुर्घटना भएको बाजुराकी डीएसपी शैलेश्वरी बोहराले रातोपाटीलाई बताए । उनका अनुसार महेन्द्रनगरबाट मार्तडी जाँदै गरेको बस ब्रेक फेल भएर दुर्घटना भएको हो ।
घाइतेहरू मध्ये १९ जनाको जिल्ला अस्पताल बाजुरामा उपचार हुँदै छ । अन्य दुई जना प्राथमिक उपचारपछि घर फर्केका छन् ।

