Tuesday, June 23

रास्वपा महाधिवेशन : आजै निर्वाचन प्रक्रिया सुरु हुने

नेपालअखबार,चितवन। चितवनमा जारी रास्वपा महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रिया आजैबाट सुरु हुने भएको छ ।

हिजोका लागि सुरु हुने भनिएको बन्द सत्र आजमात्रै ढिलोगरी सुरु भएको छ । बन्द सत्र सुरु भए लगत्तै निर्वाचन प्रक्रिया पनि आजबाटै सुरु गर्ने तयारी रहेको केन्द्रीय निर्वाचन आयोग स्रोतले जानकारी दिएको छ ।

Advertisement

‘केही ढिलो होला । तर, आजबाटै निर्वाचन प्रक्रिया सुरु हुन्छ,’ स्रोतले भन्यो ।

रास्वपाले सभापतिमा रवि लामिछानेलाई निर्विरोध निर्वाचित गराउने तयारी गरेको छ ।