Thursday, July 23

नाटोबाट हामीलाई धोका भयो : डोनाल्ड ट्रम्प

नेपालअखबार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्वका क्रममा नाटोमा आबद्ध युरोपेली सहयोगी राष्ट्रहरूले संयुक्त राज्य अमेरिकालाई साथ नदिएको बताएका छन्।

Advertisement

ह्वाइट हाउसमा नाटोका महासचिव मार्क रुट्टेसँगको बैठकका क्रममा ट्रम्पले भने, ‘हामीलाई धोका भयो। वास्तवमा यस मामिलामा हामीलाई कसैको सहयोगको आवश्यकता नै थिएन ।’

Advertisement
Advertisement

उनले अगाडि थपे, ‘तर, उनीहरूले ‘हामी सहयोग गर्न चाहन्छौँ’ मात्र भनिदिएको भए पनि राम्रो हुने थियो ।’

Advertisement

‘उनीहरूले त्यतिसम्म पनि भनेनन्,’ ट्रम्पले विगत सम्झिए ।