Friday, July 24

साइबर अपराध आरोपमा पत्रकार विनोद ढकाल पक्राउ

नेपालअखबार, काठमाडौँ । साइबर अपराध आरोपमा प्रहरीले पत्रकार विनोद ढकाललाई पक्राउ गरेको छ।

Advertisement

इलाका प्रहरी कार्यालय इटहरीमा विद्युतीय कारोबार ऐन २०६३ गरेको भन्दै जाहेरीको आधारमा काठमाडौं प्रहरीले पक्राउ गरेको हो।

Advertisement
Advertisement

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले ढकाललाई पक्राउ गरेको जानकारी दिए। उनलाई सुनसरीतर्फ पठाइएको छ।

Advertisement

पत्रकार ढकालविरूद्ध इटहरीका एक विद्यालय व्यवस्थापनका अध्यक्ष काशीराज डंगालले साइबर अपराध कसुरमा जाहेरी दिएका हुन्।

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार उनले डंगालविरूद्ध सामाजिक सञ्जालमा धम्कीपूर्ण अभिव्यक्ति दिएका थिए।

‘उहाँले सामाजिक सञ्जालमा धम्कीपूर्ण अभिव्यक्ति दिएका थिए। अहिले उहाँले हटाइसक्नुभएको छ। तर जाहेरीसाथ स्क्रिनसट आएको छ,’ उनले भने।

उनी क्यानडा नेपाल अनलाइनमा कार्यरत थिए।