Sunday, April 26

पोखरामा यस वर्ष गाइजात्रा महोत्सव तथा तायमचा प्रतियोगिता नहुने

नेपाल अखबार, पोखरा । यस वर्ष पोखरामा गाइजात्रा महोत्सव तथा तायमचा नृत्य प्रतियोगिता नहुने भएको छ । कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थितीले गर्दा नेवाः खल कास्कीको आह्वानमा हरेक वर्ष हुने प्रतियोगिता यो वर्ष स्थगित गर्नु परेको खलका अध्यक्ष अशोक पालिखले जानकारी दिए ।
हालै नेवाः खल कास्कीको कार्यसमितीको वैठकले श्रावण २० गते परम्परागत रुपमा निकालिदै आईरहेको गाईजात्रा नृत्य तथा यही श्रावण २४ गते हुने गाईजात्रा महोत्सवलाई पनि स्थगित गरिएको हो । साँस्कृतिक परम्पराका रुपमा मनाउदै आएको गाइजात्रा भने घरका परिवार तथा सिमित व्यक्तिहरु सम्मिलित भई सामाजिक दुरी कायम गरि नजिकैको मन्दिर मात्रै परिक्रमा गरि निकाल्न पनि नेवाः खल कास्कीले आह्वान गरेको महासचिव सुविन्द्र श्रेष्ठले बताए ।
नेवारी संस्कार र संस्कृति जगेर्नाका लागि नेवाः खल कास्कीले हरेक वर्ष गर्दै आइरहेको गाइजात्रा महोत्सव तथा तायमचा नृत्य प्रतियोगिता यो वर्ष मोहोरिया टोल कचाले आयोजना गरेको थियो । यसअघि नेवाः खल कास्कीको आयोजनामा चैत्र ८ गतेका लागि तोकिएको मिस नेवा प्रतियोगिता लकडाउनका कारण स्थगित गरिएको थियो ।
गाइजात्रा विशेषतः वर्षभरि आफन्तजन गुमाउने परिवारका सदस्यहरुकालागि मृतकको सम्झना, स्नेह तथा श्रद्धा प्रकट गर्न मनाइने गरिन्छ । गाइजात्रामा मृतकको परिवारको घरबाट गाई निकालेर नगर तथा मन्दिर परिक्रमा गर्ने प्रचलन रहेको छ । यसैगरि डोकोलाई सिंगारेर गाईको प्रतिमा र मृतकको तस्विर राखेर बिभिन्न मुखुण्डोसहितका झाँकी लगायत पनि प्रर्दशन गर्ने गरिन्छ । गाइजात्राको दिन मृतकको परिवारले रामायण प्रर्दशन पनि गर्न गर्छन ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *