Thursday, July 23

युक्रेनी आक्रमणका कारण रूसलाई इन्धन अभाव भएको स्वीकारे पुटिनले

नेपालअखबार,काठमाडौँ ।  रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको लामो दुरीको ड्रोन आक्रमणका कारण रूसले इन्धन अभावको सामना गरिरहेको कुरा स्वीकार गरेका छन्।

Advertisement

पछिल्लो समय युक्रेनले तीव्र पारेको ड्रोन आक्रमणले तेल प्रशोधन केन्द्रहरूमा आगो लगाइदिएका कारण धेरै क्षेत्रहरूमा पेट्रोलका लागि सीमित कोटा लागू गर्न रूस बाध्य भएको छ।

Advertisement
Advertisement

‘हाम्रा पूर्वाधारहरूमा भएका यी आक्रमणले समस्याहरू सिर्जना गरिरहेका छन्, त्यो स्पष्ट छ,’ आइतबार प्रसारित एक सरकारी टेलिभिजन अन्तर्वार्तामा पुटिनले टिप्पणी गरे भनेर फाइनान्सियल टाइम्सले लेखेको छ।

Advertisement

आक्रमणपछि रूसले इन्धनको केही अभाव सामना गरिरहेको भए पनि यो गम्भीर नभएको पुटिनले दाबी गरे र आपूर्ति पुनर्बहाली गर्न सरकार काम काम गरिरहेको बताए।

पछिल्ला आक्रमणको शृंखलापछि युक्रेनको ड्रोन प्रविधिको विकासले इन्धन उत्पादनमा धक्का पुर्‍याएको पुटिनले पहिलो पटक स्वीकार गरेका हुन्।

पछिल्लो समयमा युद्ध मैदानमा समेत रूसको प्रगति निकै सुस्त भएको बेलामा युक्रेनले रूसी इन्धन क्षेत्रमाथिको प्रहार तीब्र पारेको छ। यी युक्रेनी आक्रमणले रुसको ठूला कमजोरीहरू उजागर गरिदिएका छन्

मे महिनादेखि युक्रेनले मस्कोको केन्द्र भागदेखि लिएर उराल पर्वत जति टाढा रहेका रुसी प्रशोधन केन्द्रहरूमा प्रहार गर्न धेरै हदसम्म स्वदेशमै विकसित ड्रोन प्रविधिको प्रयोग गरेको छ। अमेरिकी खुफिया निकायले युक्रेनी ड्रोनलाई निशाना लगाउन सूचना दिन र रूसको हवाई रक्षा प्रणाली छल्न सहयोग गरेको मानिन्छ।

युक्रेनले सन् २०१४ मा पुटिनले कब्जा गरेको आफ्नो भूभाग क्राइमियामाथि पनि अहिले प्रहार गर्न थालेको छ। यसले पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सो टापुको जनजीवन पनि प्रभावित पारेको छ।