Friday, July 3

राष्ट्रियसभामा राष्ट्रपति र प्रधानमन्त्री कार्यालयसहित विभिन्न मन्त्रालयको बजेटमाथि छलफल हुँदै

नेपालअखबार,काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दैछ । दिउँसो १:१५ बजे बस्ने बैठकमा राष्ट्रपति र प्रधानमन्त्री कार्यालयसहित विभिन्न मन्त्रालयको बजेटमाथि छलफल हुने कार्यसूची छ ।

Advertisement

संसद सचिवालयका अनुसार सुरुमा राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले ‘आर्थिक विधेयक, २०८३’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रिय सभामा टेबल गर्ने कार्यसूची छ ।

Advertisement
Advertisement

त्यसपछि विनियोजन विधेयक, २०८३ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा वातावरण मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय तथा रक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि समूहगत छलफल हुनेछ ।

Advertisement

यस्तै, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा राष्ट्रिय योजना आयोगको सचिवालयको विनियोजन शीर्षकमाथि पनि राष्ट्रियसभामा छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।