Tuesday, July 7

सभामुख डोलप्रसाद अर्यालले कोट र लोगो नलगाउने सांसदहरूलाई प्रतिनिधि सभाको रोष्ट्रम प्रयोग गर्न नदिने

नेपालअखबार, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले कोट र लोगो नलगाउने सांसदहरूलाई प्रतिनिधि सभाको रोष्ट्रम प्रयोग गर्न नदिने बताएका छन्।

Advertisement

प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिमा सभामुख अर्यालले सांसदहरू अर्मादित ढंगले प्रस्तुत भएको उल्लेख गर्दै दलका प्रमुख सचेतक र सचेतकहरूलाई कडाइ गर्न निर्देशन दिएका हुन्।

Advertisement
Advertisement

‘कोही सांसद कोट फुकालेर कुर्सीमा झुण्ड्याउनुहुन्छ,’ सभामुख अर्यालले बैठकमा भनेका थिए, ‘कोही कोट र लोगो लगाउनुहुन्न। अबदेखि सांस्कृतिक पहिरन नलगाउने वा कोट नलगाउनेलाई रोष्ट्रममा जान दिन्नँ।’

Advertisement

प्रतिनिधि सभा नियमावलीले सांसदहरूले मर्यादित पोशाक लगाउनुपर्ने व्यवस्था गरेको छ। साथै पोशाक कार्यव्यवस्था परामर्श समितिको सुझावमा सभामुखले तोक्न सक्ने भनेको छ। सांसदहरूले सांस्कृतिक पहिरन लगाएर भने बैठकमा भाग लिन पाउँछन्।

सभामुख अर्यालले सांसदहरूलाई बैठक चलिरहँदा बाहिर भित्र नगर्न सचेत गराउन प्रमुख सचेतक र सचेतकहरूलाई आग्रह गरेका छन्।

साथै सांसदहरूलाई सरकारी इमेल प्रयोग गर्न पनि सुझाएका छन्।

कार्यव्यवस्था परामर्श समितिमा सभामुख अर्यालले छिट्टै दैनिक हाजिरी विवरण सार्वजनिक गर्ने पनि बताएका छन्।