Sunday, July 19

प्रेमिकासँग विवाह गराइदिन माग गर्दै एक युवक नेपाल टेलिकमको टावरमा चढे

नेपालअखबार,सर्लाही । सर्लाहीमा प्रेमिकासँग विवाह गराइदिन माग गर्दै एक युवक नेपाल टेलिकमको टावरमा चढेका छन्।

Advertisement

आइतबार बिहान ५:४५ बजे २५ वर्षीय युवक मलंगवामा रहेको नेपाल टेलिकमको टावरमा चढेका हुन्।

Advertisement
Advertisement

गोडैता नगरपालिका-९ का उनले आफ्नी प्रेमिकासँग विवाह गराइदिन माग गर्दै टावर चढेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका इन्स्पेक्टर गणेश पाण्डेले जानकारी दिए।

Advertisement

ती युवकको नाम प्रहरीले गोप्य राखेको छ।

प्रहरीले सम्झाइबुझाइ ती युवकलाई साढे ८ बजेतिर टावरबाट झारेको हो।

अहिले उनलाई उपचारका लागि अस्पताल तर्फ लगिएको छ।