
नेपालअखबार, काठमाडौं । बंगलादेशका ९ जना मुस्लिम धर्मगुरु काठमाडौं आएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार उनीहरू बटिक एयरको ओडी–१८२ (क्वालालम्पुर–काठमाडौं) उडानमार्फत शनिबार राति करिब ९ बजे नेपाल आएका हुन् ।
उनीहरूले ३० दिनको पर्यटक भिसा लिएका छन् । यद्यपि उनीहरूको नेपाल बसाइँ करिब दुई साताको रहने स्रोत बताउँछ ।
नेपाल आएका धर्मगुरुहरूमा एमडी अक्कास अली, अमिनुल इस्लाम, एमडी मुस्ताफिजार रहमान, एमडी गोलाम मोस्तोफा, एमडी मोक्लासुर रहमान, एकेएम मोनिरुज्जमान लावलु, सैयद शौकत अली, एमडी मोन्सुर रहमान र एमडी अनिसुर रहमान रहेका छन् ।उनीहरूको नेपाल भ्रमणको उद्देश्यबारे भने आधिकारिक रूपमा जानकारी सार्वजनिक गरिएको छैन । साथै उनीहरुको भ्रमण तालिका पनि सार्वजनिक भएको छैन ।




