Saturday, August 1

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि परेका दरखास्त स्वीकृत

नेपालअखबार,काठमाडौँ । ​शिक्षक सेवा आयोगको अध्यक्ष तथा सदस्य पदमा नियुक्तिका लागि आवेदन दिएका उम्मेदवारहरूमध्ये मापदण्ड पुगेका आवेदकहरूको दरखास्त स्वीकृत गरिएको छ। आयोगले गत साउन  १ गते प्रकाशन गरेको सूचनाअनुसार हिजो शुक्रबारसम्म परेका दरखास्तहरूमाथि शिक्षा ऐन, २०२८ मा तोकिएका सर्तहरू बमोजिम छानबिन गरी सिफारिस समितिको निर्णयअनुसार नामावली सार्वजनिक गरेको हो ।

Advertisement

आयोगका प्रशासकीय प्रमुख हरिप्रसाद निरौलाले जारी गरेको सूचना अनुसार अध्यक्ष पदका लागि परेका ६ जना उम्मेदवारको दरखास्त स्वीकृत भएको छ। अध्यक्ष पदमा मधुसूदन अधिकारी, रघुराम विष्ट, डा.रोजनाथ पाण्डे, डा.हरिप्रसाद लम्साल, यादवप्रसाद कोइराला र सुरेश अधिकारीको दरखास्त स्वीकृत भएको छ ।

Advertisement
Advertisement

​त्यसैगरी, आयोगको सदस्य पदका लागि दर्ता हुन आएका उम्मेदवारहरू मध्ये २० जनाको दरखास्त स्वीकृत भएको छ। सदस्य पदमा दरखास्त स्वीकृत हुनेहरूमा गोपीराम के.सी., बीरवंश बैठा, गजेन्द्र झा, जीवनप्रकाश रेग्मी, नारायणप्रसाद ढकाल, सरोजकुमार के.सी., इन्द्रमणि पोखरेल, डम्बरकुमार बतास, दुर्गाप्रसाद अर्याल, ध्रुवराज रेग्मी, प्रकाश सापकोटा, कृष्ण गोसाईं, रामप्रसाद गौतम, रमेशप्रसाद लामिछाने, रामनारायण शाह, डा.मुकुन्दमणि खनाल, सुदर्शन मरहठ्ठा, रामाशिष यादव, चन्द्रबहादुर श्रेष्ठ र शिवकुमार कार्की रहेका छन्।

Advertisement

आयोगले तोकिएको योग्यता र मापदण्ड पुरा गरेका उम्मेदवारहरूको मात्र दरखास्त स्वीकृत गरी थप प्रक्रिया अगाडि बढाएको जनाएको छ।

758066848_1042845228293063_4437661256271958993_n756332686_1723599682191121_3499429478159055326_n